काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खत्री खतिवडाले प्रधानमन्त्रीलाई आगामी भदौ २३ गते सहिदहरूको सम्मानमा विशेष सम्बोधन गर्न आग्रह गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले सहिदका सपना र उनीहरूले सुरु गरेका कामको अवस्थाबारे सरकारले स्पष्ट पार्नुपर्ने माग गरिन् ।
सांसद खतिवडाले भदौ २३ गते सहिदहरूको नामै तोकेर सम्बोधन गर्नुपर्नेमा जोड दिँदै भनिन्, ‘सहिदहरूले देशका लागि पुर्याएको योगदान र उनीहरूका अधुरा काम कति पूरा भए, कति बाँकी छन्, त्यसको लेखाजोखासहित प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्छ ।’
त्यसैगरी, उनले नयाँ पुस्ता (जेनजी) ले भ्रष्टाचारका विरुद्ध गरेको आन्दोलन र त्यसको उपलब्धिका बारेमा पनि सरकारको ध्यान आकर्षण गराइन् । ‘जेनजीले भ्रष्टाचार न्यूनीकरणका लागि ठुलो आन्दोलन गरेका थिए, तर त्यो आन्दोलनपछि भ्रष्टाचार कति न्यूनीकरण भयो त?’ उनले प्रश्न गरिन् ।
भ्रष्टाचार अन्त्य गर्ने युवाहरूको चाहना र आन्दोलनको मर्मअनुसार सरकारले ठोस काम गर्न सकेको छ कि छैन भन्ने विषयमा पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।
काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र सरकारका मन्त्रीहरूबीच चालु आर्थिक वर्षमा मन्त्रालयगत रूपमा अघि बढाइने प्राथमिकता, लक्ष्य तथा अपेक्षित उपलब्धिलाई केन्द्रमा राखेर कार्यसम्पादन सम्झौता...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्री परिवर्तन गर्ने विषयमा पार्टीभित्र कुनै तयारी वा छलफल नभएको बताएका छन्। बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग...
काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि सुरु भएको हो । प्रधानमन्त्री बालेन शाहले दिउँसो ३...
काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्। मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend