Nepal Face
  • बुधबार, ३ भाद्र २०८३
  • प्रधानमन्त्रीसँग भदौ १० गते संसद्‌मा प्रत्यक्ष प्रश्नोत्तर


    सोमबार, भाद्र १ २०८३
    250
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यही भदौ १० गते संसद्‌मा उपस्थित हुने भएका छन्। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि भदौ १० को समय तोकेका हुन् ।

    प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।

    प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुने पनि सभामुखले जानकारी दिए । बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढीमा १५ प्रश्न सोध्न सकिने बताए ।

    उनले प्रश्नकर्ता सांसदलाई भदौ ५ गते शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाका सचिवलाई लिखित रूपमा बुझाउन सकिने उनको भनाइ छ। प्रश्नकर्तालाई धेरै लामो नभएर संक्षिप्त प्रश्न दिन ध्यानाकर्षण गराए । आजैको प्रतिनिधिसभा बैठकबाट उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदको प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए ।

    प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ । त्यो व्यवस्था लागु गर्न बारम्बार प्रतिपक्षी सांसदले आवाज उठाए पनि सम्भव भएको थिएन । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले सीमा सम्बन्धी विषयमा माग गरेको जवाफ दिन रुलिङ गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार