काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यही भदौ १० गते संसद्मा उपस्थित हुने भएका छन्। सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि भदौ १० को समय तोकेका हुन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ ।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुने पनि सभामुखले जानकारी दिए । बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउन संख्या बमोजिम बढीमा १५ प्रश्न सोध्न सकिने बताए ।
उनले प्रश्नकर्ता सांसदलाई भदौ ५ गते शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाका सचिवलाई लिखित रूपमा बुझाउन सकिने उनको भनाइ छ। प्रश्नकर्तालाई धेरै लामो नभएर संक्षिप्त प्रश्न दिन ध्यानाकर्षण गराए । आजैको प्रतिनिधिसभा बैठकबाट उनले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदको प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए ।
प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ । त्यो व्यवस्था लागु गर्न बारम्बार प्रतिपक्षी सांसदले आवाज उठाए पनि सम्भव भएको थिएन । प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई विपक्षी दलहरूले सीमा सम्बन्धी विषयमा माग गरेको जवाफ दिन रुलिङ गरेका थिए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend