Nepal Face
  • मंगलबार, २ भाद्र २०८३
  • बागमती र लुम्बिनी मुख्यमन्त्री राप्रपाले विश्वास मत नदिने, तटस्थ बस्ने निर्णय


    सोमबार, भाद्र १ २०८३
    170
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती र लुम्बिनी मुख्यमन्त्रीहरूलाई विश्वास मत नदिने भएको छ। बागमतीमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार छ भने लुम्बिनीमा नेकपा एमाले नेतृत्वमा सरकार छ।

    राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रदेश सभामा आज विश्वासको मत लिँदै गरेका बागमती र लुम्बिनी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको हो।

    यस सम्बन्धमा प्रदेशसभा सदस्यहरूलाई ह्विप जारी गर्न सम्बन्धित संसदीय दलका नेतालाई पार्टीले निर्देशन दिएको उनले बताए।

    प्रदेशहरूमा सरकार निर्माणसमन्बन्धी विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहने अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी निर्देशन सम्बन्धित संसदीय दलको नेतालाई पठाइएको उनले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार