Nepal Face
  • मंगलबार, २ भाद्र २०८३
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने 


    सोमबार, भाद्र १ २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्।

    प्रदेशसभा सचिवालयले सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो।

    सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन्।

    त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने तयारी छ।

    मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि प्रदेश सभा बैठकमा छलफल हुनेछ। छलफलका क्रममा प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

    एमाले नेता आचार्य ७ साउन २०८१ मुख्यमन्त्री नियुक्त भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार