क्यालगरी । नेपालका वरिष्ठ शिक्षाविद्, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा साउन ३० गते क्यानाडाको क्यालगरीमा निधन भएको छ ।
दीर्घकालदेखि पार्किन्सन्स रोगबाट पीडित धौभडेलको अस्पतालमा उपचार सम्भव नभएपछि घरमै राखिएर उपचार गर्ने क्रममा उनको निधन भएको ज्वाइँ एवं पत्रकार ज्योति वैद्यले जानकारी दिनुभएको हो ।
वि.सं. १९९२ फागुनमा सिराहामा जन्मिएका धौभडेलले वि. सं. २०२१ देखि २०५७ सम्म करिब ३६ वर्ष त्रिभुवन विश्वविद्यालयमा निरन्तर सेवा गरेका उनले प्राध्यापक, कान्ति छात्रावासको वार्डेन, महेन्द्ररत्न क्याम्पस ताहाचलको क्याम्पस प्रमुख, शिक्षाशास्त्र संकायको सहायक डिन तथा डिन र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (सेरिड) को कार्यकारी निर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्हालेका थिए ।
२०५० को दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्य समेत रहेका धौभडेल सन् १९९५ देखि १९९६ (वि.सं. २०५१) सम्म भारत र भुटानका लागि नेपाली राजदूत नियुक्त भएका थिए ।
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन्। आइतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले...
काठमाडौँ। भारतीय स्थलसेनाध्यक्ष जनरल धिरज सेठ चार दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले भ्रमण अवधिमा...
काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन...
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ अब चौबिसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो धार्मिक आस्था हिन्दु धर्मप्रति रहेको उल्लेख गर्दै आफू कुनै धर्म वा समुदायको विरोधमा नरहेको स्पष्ट पारेका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend