Nepal Face
  • आइतबार, ३१ साउन २०८३
  • ‘मुलुक ‘लफंगा’हरूबाट शासित हुँदैछ भन्ने कुरा पुष्टि हुँदैछ’: घनश्याम भुसाल


    आइतबार, साउन ३१ २०८३
    100
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले गत २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कसरी पराजित भए भनेर कम्युनिष्ट दलहरूले अहिलेसम्म पत्तो पाउन नसकेको टिप्पणी गरेका छन् ।

    आईतवार काठमाडौँमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने?’ विषयक राष्ट्रिय बहसमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उक्त निर्वाचनमा कम्युनिष्ट दलहरूले अनपेक्षित र व्याख्या गर्न कठिन पराजय व्यहोरेको नेता भुसालको भनाइ छ ।

    उनले मुलुक पहिलेदेखि नै नालायकहरूबाट शासित भएको भए पनि निर्वाचनपछि लफंगाहरुबाट शासित हुन पुगेको टिप्पणी पनि गरे । उनले उक्त अभिव्यक्ति आफूले निर्वाचन सम्पन्न हुँदा दिएको भए पनि सरकारको गतिविधि र वर्तमान राजनीतिक परिस्थितिले त्यसको पुष्टि गरेको समेत बताए।

    मुलुकमा उत्पन्न पछिल्लो परिस्थितिले समाजमा अझै डरलाग्दा राजनीतिक दुर्घटनाहरू बढ्ने जोखिम बढेको उनको भनाइ छ । उनले सरकार यही गतिमा थप दुई वर्षसम्म अघि बढ्यो भने के हुन्छ ? भन्दै प्रश्न गरे।

    नेता भुसालले मुलुकको कम्युनिष्ट आन्दोलनको समीक्षा गरी थप सशक्त भएर जनतामाझ जानुपर्ने आवश्यकता समेत औँल्याए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार