Nepal Face
  • आइतबार, ३१ साउन २०८३
  • भाटभटेनी सुपरस्टोर भोलिदेखि चौबिसै घण्टा खुल्ने


    आइतबार, साउन ३१ २०८३
    175
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ अब चौबिसै घण्टा खुल्ने भएको छ ।

    भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर भोलि सोमबारदेखि चौबिसै घण्टा सञ्चालनमा ल्याउन लागेको हो । भाटभटेनीले सुरुवातमा भक्तपुर, ललितपुर र काठमाडौंका एक–एक स्टोर चौबिसै घण्टा सञ्चालन गर्न लागेको हो ।

    भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार भक्तपुरको स्टोर चौबिसै घण्टा सञ्चालनमा आएको एक सातापछि ललितपुर कृष्णगल्लीस्थित स्टोर र भदौ तेस्रो सातापछि काठमाडौं टंगालस्थित स्टोर पनि यसैगरी चौबिसै घण्टा सञ्चालनमा ल्याउने तयारी छ ।

    चौबिसै घण्टा सञ्चालनमा आउन लागेका सुपरस्टोरका पहिलो तलामात्र खुला हुनेछन् । पहिलो तलामा ग्रोसरी सामानमात्र उपलब्ध हुन्छन् ।

    चौबिसै घण्टा स्टोर सञ्चालनका लागि भाटभटेनीले आफ्नो तर्फबाट सुरक्षा थप बढाएको जनाएको छ । पहिलो तला ९ग्रोसरी० मात्र सञ्चालन हुने भएकाले कर्मचारी पनि धेरै नचाहिने कम्पनीको भनाइ छ ।

    राति पनि सञ्चालन हुने भएकाले प्रहरी प्रशासनलाई पनि यसबारे जानकारी दिइएको पौडेलले बताए ।

    ४२ वर्षअघि व्यवसायी मिनबहादुर गुरुङले काठमाडौं टंगालबाट सुरु गरेको भाटभटेनी सुपरस्टोरका हाल देशभरि २७ वटा स्टोर सञ्चालनमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार