Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • जाजरकोट पहिरोमा परि एक जनाको मृत्यु, तीन जना बेपत्ता


    आइतबार, साउन ३१ २०८३
    245
    Shares
    मुख्यमन्त्री पाण्डे – उद्घाटन पोखरा, २९ साउनः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे शुक्रबार गण्डकी प्रज्ञा प्रतिष्ठानले पोखरामा आयोजना गरेको शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियानको उद्घाटन गर्नहुँदै। तस्बिरः धनबहादुर गुरुङ÷रासस
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार रिसाङका ५२ वर्षीय केदार कार्कीको पहिरोमा परेर मृत्यु भएको हो।

    पहिरोमा परेर सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन्। अन्य नौ जना घाइते भएका छन्।

    घाइतेमध्ये एक जनाको नेपालगञ्ज नर्सिङ अस्पताल, दुई जनाको कोहलपुर मेडिकल कलेज, तीन जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको छ। अन्य तीन जना स्वास्थ्य लाभ गरेर घर फर्केका छन्।

    प्रहरीका अनुसार पहिरोको जोखिमलाई दृष्टिगत गरी सो वडाका २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा स्थानान्तरण गरिएको छ। दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका जवान परिचालन भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार