काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र बढ्दै गएको अनुशासनहीनता र अराजकताप्रति आपत्ति जनाएका छन् ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको विधि र विधान विपरीत चल्नेहरूलाई अनुशासनको दायरामा ल्याइने चेतावनी दिएका हुन् । अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई हटाउने भन्दै बाहिर भइरहेका चर्चा र हस्ताक्षर अभियानलाई ‘अराजकताको पराकाष्ठा’ भनेका छन् । पार्टीको निश्चित विधि, प्रक्रिया र समय हुने उल्लेख गर्दै उनले चिया गफ र क्यान्टिनका बैठकबाट नेतृत्व परिवर्तनको कुरा गर्नु हास्यास्पद भएको टिप्पणी गरे ।
पार्टीको एउटा विधि र विधान हुने भन्दै उनले महाधिवेशनबाट चुनिएको नेतृत्वलाई चिया पसलमा बसेर हटाउँछु भन्नु अराजकता भएको उल्लेख गरे । पार्टीमाथि बाह्य शक्ति र विरोधीहरूले तिब्र प्रहार गरिरहेको समयमा सिंगो पंक्ति एकजुट हुनुपर्नेमा जोड दिँदै ओलीले आन्तरिक कलहमा लाग्नु आत्मघाती हुने बताए । अध्यक्ष ओलीले अब बस्ने केन्द्रिय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ अगाडि बढाइने स्पष्ट पारे । सामाजिक सञ्जालमार्फत पार्टीको बदख्वाइँ गर्ने र अराजकता फैलाउने कार्य रोक्न आग्रह गर्दै गर्दै उनले पार्टीमा बस्ने भए अनुशासन पालना गर्न निर्देशन दिए ।
अध्यक्ष ओलीले भने, ‘पार्टीभित्र अहिले अनुशासनहीनता र अराजकता देखिएको छ । पार्टी कार्यालयको क्यान्टिनमा बसेर चिया–समोसा खाँदै पार्टी अध्यक्ष हटाउनेजस्ता कुरा गर्नु गम्भीर विषय हो । अध्यक्ष हटाउने विषयमा जथाभाबी हस्ताक्षर गर्दै हिँड्नु पार्टीको विधि, विधान र प्रक्रिया विपरीत हो । अस्ति मात्र महाधिवेशन सम्पन्न भएको छ । पार्टीको आफ्नै विधि, प्रक्रिया र समय हुन्छ । अहिले विरोधीहरूले तिब्र प्रहार गरिरहेका बेला सिङ्गो पार्टी एकजुट भएर त्यसको सामना गर्नुपर्ने हो । तर पार्टीभित्रै अध्यक्ष हटाउनेजस्ता अनावश्यक कुरा उठाउनु उचित होइन । त्यसैले साथीहरूलाई पार्टीप्रति दृढ विश्वास राखेर अघि बढ्न आग्रह गर्दछु । केन्द्रिय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासन र एकताका साथ अघि बढाइनेछ । पार्टीमा बस्ने हो भने पार्टीको नीति, विधि र अनुशासन पालना गर्नुपर्छ । कुनै पनि संस्था वा संगठनमा काम गर्दा त्यसका नियम, नीति र अनुशासन मान्नुपर्छ । अब यही कुरा दृढतापूर्वक कार्यान्वयन गरिनेछ ।’
अध्यक्ष ओलीले कार्यकर्ताहरूलाई कुनै पनि भ्रममा नपरी पार्टीको उद्देश्यप्रति दृढ विश्वासका साथ अगाडि बढ्न आग्रह समेत गरे ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend