Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • नारायणीको बाढीले सुस्ताका ४० घर डुबानमा


    शनिबार, साउन ३० २०८३
    285
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नारायणी नदीमा आएको बाढी सुस्तामा पस्दा ४० घर डुबानमा परेका छन्। शुक्रवार आएको बाढीले नदीमा लगाएको अस्थायी बाँध भत्काएर बस्ती डुबानमा परेको हो।

    स्थानीय मुन्सीकुमार हरिजनका अनुसार शुक्रबार बिहानैदेखि नारायणीको बाढीले सुस्तावासीले लगाएको अस्थायी बाँध भत्काउन थालेको थियो।

    झन्डै ५० मिटर बाँध भत्काएपछि सुस्ता गाउँपालिका वडा नं.५ स्थित थारु टोलमा बाढी पसेको थियो।बस्तीमा बाढी पसेपछि घरहरू जलमग्न बनेका थिए।

    शनिबार दिउँसोसम्म पनि घर भित्रको पानी सुकेको छैन। माटो र फुसको गाह्रो लगाएर बनाइएका कच्ची घरहरू बाढीको डुबानमा पर्दा स्थानीयमा त्रास बढेको छ।

    बाढीले कतिपय घरका अन्नपात र लत्ता कपडा बगाएको छ। कतिपयले भने घरभित्र बाढी पसे पनि अन्नपात र लत्ता कपडा जोगाएको हरिजनले बताए।

    शनिबार नारायणी नदीमा बाढी घटे पनि पानी पर्ने र सम्भावना रहेकोले स्थानीयमा त्रास कायम नै छ। सुस्ताको बस्तीलाई नारायणी नदीले तीन तर्फबाट घेरेको छ भने एकातर्फ भारतीय भूभागले घेरिएको छ।

    तीन तर्फबाट घेरिएको नारायणी नदीमा बाढी आउँदा हरेक वर्ष सुस्ता डुबान र कटानको चपेटामा पर्दै आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार