Nepal Face
  • शुक्रबार, २९ साउन २०८३
  • नेपाली क्रिकेट टोली भारत प्रस्थान, विगतका गल्ती सुधार गर्दै अघि बढ्ने कप्तान सन्दीपको प्रतिबद्धता


    शुक्रबार, साउन २९ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।

    नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो। नेपाली टोलीले भारतमा तयारी गरेर त्यहाँबाट सिधै एसीसी प्रिमियर कप खेल्न मलेसिया जाने क्यानले जनाएको छ।

    एसीसी प्रिमियर कप अगस्ट २९ देखि मलेसियामा सुरु हुँदैछ। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विगतका गल्ती तथा कमजोरीहरूलाई पहिचान गरेर आगामी दिनमा सुधार गर्दै अघि बढ्ने बताए।

    टोलीमा अनुभवी खेलाडी र युवाको उत्कृष्ट मिश्रण रहेकाले आगामी समय निकै रोमाञ्चक हुने उनले बताए। उनले विगतलाई पछाडि छोडेर प्राप्त आलोचनाहरूलाई ग्रहण गर्दै त्यसको उचित जवाफ मैदानमा उत्कृष्ट प्रदर्शन गरेरै दिने प्रतिबद्धता जनाए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार