Nepal Face
  • शुक्रबार, २९ साउन २०८३
  • सिंहदरबारमा प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता


    शुक्रबार, साउन २९ २०८३
    155
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र प्रधानसेनापति अशोकराज सिग्देलबिच आज (शुक्रबार) भेटवार्ता भएको छ।

    केही बेरअघि प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन्।

    प्रधानमन्त्री कार्यालय स्रोतले प्रधानसेनापति सिग्देल आएको र प्रधानमन्त्रीसँग भेटघाट चलिरहेको बताए पनि छलफलको विषय जानकारी नभएको बतायो।

    यस्तै नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले पनि भेटघाटबारे आफू जानकार नरहेको दाबी गरे।

    रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहसँगको भेटघाट नियमित भएको दाबी सेनाले गरेको छ। यसअघि साउन १९ गते पनि प्रधानमन्त्री शाह र सेनापति सिग्देलबिच भेटघाट भएको थियो।

    त्यतिबेला भने गोकर्णमा सेनाको संरक्षणमा रहेको नेपाल ट्रष्टको जग्गामा सैनिक अधिकारीलाई अटेर गरेर प्रधानमन्त्रीकै दल रास्वपाका सांसद राजु पाण्डे नेतृत्वमा डोजर चलाइएको विषयमा छलफल भएको थियो।

    उक्त भेटमा सेनापतिले यस विषयमा असन्तुष्टि जनाएको दाबी प्रधानमन्त्री कार्यालय स्रोतको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार