Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा 


    शुक्रबार, साउन २९ २०८३
    230
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। जनआस्थाका सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा पेसी तोकिएको छ।

    पत्रकार श्रेष्ठलाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी पत्नी सरस्वती श्रेष्ठले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएकी हुन्।

    जनआस्था साप्ताहिकका सम्पादक श्रेष्ठलाई बिहीबारनै काठमाडौँ जिल्ला अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

    प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसूरमा पक्राउ गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार