काठमाडौं । अविरल वर्षापछिको आएको पहिरोमा परेर रोल्पाको थवाङमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने अन्य ५ जना अझै बेपत्ता छन् ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँका १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन् ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । उनीहरू दुवै जनालाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारका लागि बुटवलतर्फ पठाइएको छ।
बेपत्ता हुनेमा सोही ठाउँका ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् ।
बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएको उनले बताए ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस...
काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र पत्नी डा. आरजु राणा देउवाविरुद्ध विगतमा भएका पक्राउ तथा कानुनी कारबाहीका प्रयासप्रति असन्तुष्टि व्यक्त...
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् । बिहीवार देउवा स्वदेश फर्किने क्रममा...
काठमाडौँ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू राष्ट्रियता सुदृढ गर्ने उद्देश्य बोकेर स्वेश फर्किएको बताएका छन्। बिहीबार दिउँसो बैंककबाट काठमाडौँ आइपुगेका देउवाले विज्ञप्ति जारी गर्दै विगतका विभाजन...
भक्तपुर । भुमि समस्या समाधान समितिले नाप जाँच भएको करिब चार वर्षपछि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend