Nepal Face
  • बिहिबार, २८ साउन २०८३
  • ‘काँग्रेसको वैधानिक सभापति देउवा नै हुन्’: शशांक कोइराला


    बिहिबार, साउन २८ २०८३
    120
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् ।

    बिहीवार देउवा स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोईरालाले यस्तो दाबी गरेका हुन् ।

    सभापतिको जिम्मेवारीका विषयमा कुनै कानूनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवा नेतृत्वकै मातहतमा पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए। उनले पार्टीभित्रको आन्तरिक एकतामा जोड दिँदै बाहिरिएका पक्षहरूलाई पुनस् मूलधारमा समाहित गर्नुपर्ने बताए । कोईरालाले पार्टीलाई एक ढिक्का बनाउने प्रयास जारी रहने उल्लेख गरे। पार्टी सभापति गगनकुमार थापाप्रति (संस्थापन समूह) लक्षित गर्दै उनले पार्टीबाट छुट्टिएर गएको बताए ।

    उनले भने, ‘सानेपा काँग्रेस छुट्टिएर गएको छ, उनीहरु आउनुपर्ने हो, उनीहरुले अनादर गर्छन्, के गर्छन् उनीहरुको कुरा हो । देउवा पार्टीको सभापति नै हो । अहिले पनि नेपाली काँग्रेसका सभपाति शेरबहादुर देउवा नै हो । उनी नै सभापति हो । स्टे अर्डर आएको छ की छैन ? हाम्रो प्रयास एक गर्न रहन्छ ।’

    उनले पार्टीभित्रको असन्तुष्टिलाई संवादका माध्यमबाट समाधान गरी ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नभएको समेत स्पष्ट पारे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार