Nepal Face
  • बिहिबार, २८ साउन २०८३
  • म शक्ति पप्त गर्न होइन, राष्ट्रियता सुदृढ गर्न स्वदेश फर्किएको छु: देउवा 


    बिहिबार, साउन २८ २०८३
    120
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू राष्ट्रियता सुदृढ गर्ने उद्देश्य बोकेर स्वेश फर्किएको बताएका छन्।

    बिहीबार दिउँसो बैंककबाट काठमाडौँ आइपुगेका देउवाले विज्ञप्ति जारी गर्दै विगतका विभाजन र विद्वेषका सबै घाउहरू निको पार्न पनि आह्वान गरेका छन्।

    ‘म शक्ति पप्त गर्न होइन, राष्ट्रियता सुदृढ गर्न फर्किएको छु। २०३३ सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्किँदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नु भएको थियो,’ देउवाले भनेका छन्, ‘मलाई लाग्छ फेरि ४७ वर्षपछि हाम्रो राष्ट्रिय एकतालाई मजबुत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको छ।’

    उनले आफू नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर स्वदेश फर्किएको बताएका छन्।

    ‘म नेता बनेर होइन, यस महान राष्ट्रको आजीवन नागरिक बनेर स्वदेश फर्किएको छु( विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर,’ उनले भनेका छन्।

    उनले मुलुकको पछिल्लो परिवर्तनमा ठूलो जनआकांक्षा देखिएको पनि बताएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार