Nepal Face
  • बिहिबार, २८ साउन २०८३
  • बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिए


    बिहिबार, साउन २८ २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेका छन्।

    पासवान आफु बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी तथा प्रवक्ता दीपककुमार कार्कीले बताए ।

    प्रहरीले घटनास्थल मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि पठाउने तयारी गरेको छ ।

    उनी थापाथलीस्थित सुकुमवासी बस्तीमा बस्दै आएका थिए । सरकारले त्यहाँका टहरा भत्काएपछि उनी पछिल्लो समय होल्डिङ सेन्टरमा बस्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार