काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै कोइरालाले श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत रहेको बताएका हुन्।
‘समाचार लेखेकै आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नु लोकतन्त्रका लागि राम्रो संकेत होइन,’ कोइरालाले लेखेका छन्।
उनले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न सरकारसँग आग्रहसमेत गरेका छन्।
‘पत्रकार श्रेष्ठको पक्राउ नेपालको संविधानले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्मविपरीत छ। श्रेष्ठको अविलम्ब रिहाइ गर्न र यस्ता लोकतन्त्र विरोधी गतिविधि नगर्न म सरकारसँग आग्रह गर्दछु,’ कोइरालाले भनेका छन्।
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद खगेन्द्र सुनारले बुधबार लेखासमितिको बैठकमा नेपाल प्रहरीका आईजीपी र गृहमन्त्रालयका सचिवमाथि गरेको अमर्यादित ब्यवहारको चौतर्फी बिरोध...
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित काँग्रेस...
काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र पत्नी डा. आरजु राणा देउवाविरुद्ध विगतमा भएका पक्राउ तथा कानुनी कारबाहीका प्रयासप्रति असन्तुष्टि व्यक्त...
काठमाडौं । अविरल वर्षापछिको आएको पहिरोमा परेर रोल्पाको थवाङमा मृत्यु हुनेको संख्या सात पुगेको छ । रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी...
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् । बिहीवार देउवा स्वदेश फर्किने क्रममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend