Nepal Face
  • बुधबार, २४ भाद्र २०८३
  • साढे पाँच महिनापछि आज स्वदेश फर्किँदै देउवा 


    बिहिबार, साउन २८ २०८३
    300
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। विदेश गएको साढे पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्।

    कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवा बिहीबार दिउँसो पत्नी आरजु राणासहित थाइलान्डबाट नेपाल फर्किन लागेका हुन्।

    यसअघि उनी यही साउन २६ गते राति नौ बजेपछि नेपाल फर्किने तयारी थियो। तर राति आउँदा स्वागतमा समस्या हुनसक्ने भन्दै उनको स्वदेश फर्किने सयम दुई दिनपछि दिउँसोको लागि सारिएको हो।

    कांग्रेस नेता डा.प्रकाशशरण महतका अनुसार देउवा बिहीबार दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँ अवतरण हुनेछन्। उनको भव्य स्वागत गर्ने तयारी कांग्रेसको देउवा पक्षले गरेको छ।

    देउवा गत फागुन १३ गते उपचारका लागि भन्दै सिंगापुर गएका थिए। त्यतिबेला भारत भ्रमणमा रहेकी देउवापत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा पनि उपचारका लाग सिंगापुर गएकी थिइन्।

    त्यसपछि दुवै जना सिंगापुरबाटै थप उपचारका लागि हङकङ पुगेको जानकारी दिइएको थियो। त्यसयता उनीहरू कहाँ छन भन्ने खुलाइएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार