Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • रोल्पाको थबाङमा पहिरो जादा ३ जनाको मृत्यु, ९ जना बेपत्ता


    बिहिबार, साउन २८ २०८३
    275
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रोल्पा । थबाङ गाउँपालिका-५ बोटलबारामा पहिरोमा परि ३ जनाको मृत्यु भएको छ। थबाङ -५ बोटलबारामा गएरातिको पहिरोले घर सहित गोठ पुरिँदा तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । पहिरोमा परेर नौ जना बेपत्ता भएका छन्।

    जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले बेपत्ताको खोजी जारी रहेको छ । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दुरीमा पर्दछ ।

    आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरूको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

    उनले जिल्लास्थित सुरक्षा निकाय प्रमुखहरूको टोली घटनास्थलमा पुगेर बेपत्ताहरूको खोजी जारी राखेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार