काठमाडौं । लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई प्रक्रिया पूरा गरी रोकिएको बचत रकम फिर्ता गरिएको हो ।
प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा बचत रकम फिर्ता गरिएको प्राधिकरणले जनाएको छ ।
यससँगै बचत रकम फिर्ता गरिएका सहकारी संस्थामा संकटा बचत तथा ऋण, वीर विनायक बचत तथा ऋण, समदर्शी उपभोक्ता, पूर्वोदय बचत तथा ऋण, अर्थ बहुउद्देश्यीय, श्वेत भैरव बचत तथा ऋण, सिर्जनशील बचत तथा ऋण, ब्रिटिस गोर्खा बचत तथा ऋण, गेनबेल बचत तथा ऋण र शोभा भगवती बहुउद्देश्यीय सहकारी रहेका छन् ।
प्राधिकरणले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्दै बचतकर्ताको रकम फिर्ता गराउने प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउँदै आएको जनाएको छ ।
काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित एक फलफूल पसलबाट स्रोत खुल्न नसकेको ठूलो परिमाणको रकमसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१४ स्थित कुलेश्वर...
काठमाडौँ। कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो । बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले...
काठमाडौँ। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा बुधबार संसदीय...
काठमाडौं । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गर्ने सर्लाही, मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंकाकुमारी सिंहबिरुद्ध अख्तियार दुरुपयोग...
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend