काठमाडौँ। कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो ।
बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले राजीनामा दिएको कांग्रेस नेता तथा पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जानकारी दिए ।
नेकपा एमाले र नेकपाबीच सत्ता समीकरण बनेपछि कोशीका मन्त्रीलाई राजीनामा दिन दबाब थियो ।
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङ सहभागी थिए ।
कांग्रेस बाहिरिएपछि अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सरकारमा सहभागी हुनेछ ।
काठमाडौं । लामो समयदेखि रोकिएको बचत रकम फिर्ता हुने क्रमसँगै विभिन्न १० वटा सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । राष्ट्रिय सहकारी...
काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित एक फलफूल पसलबाट स्रोत खुल्न नसकेको ठूलो परिमाणको रकमसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१४ स्थित कुलेश्वर...
काठमाडौं । दुर्गा प्रसाई र राप्रपाबाट चोइटिएको धवलशमशेर राणाको जय नेपाल पार्टी साउन २९ गते शुक्रबार निर्वाचन आयोगमा दर्ता हुने भएको छ । निर्वाचन आयोगमा...
काठमाडौँ। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा बुधबार संसदीय...
काठमाडौं । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गर्ने सर्लाही, मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंकाकुमारी सिंहबिरुद्ध अख्तियार दुरुपयोग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend