Nepal Face
  • बुधबार, २७ साउन २०८३
  • एमाले संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव


    बुधबार, साउन २७ २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।

    एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा बुधबार संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको एमालेका एक सांसदले जानकारी दिए। पार्टी नेतृत्वको निर्देशनअनुसार, संसदीय दलको नेता परिवर्तन गर्ने तयारीस्वरूप प्रस्ताव दर्ता गरिएको ती सांसदको भनाइ छ।

    थपलियालाई हटाएर पूर्व स्वास्थ्यमन्त्री किरण थापालाई संसदीय दलको नेता बनाउने तयारी गरिएको छ। त्यसका लागि एमालेका प्रदेश सभा सदस्यहरूको बहुमतको हस्ताक्षरसमेत संकलन भइसकेको उनले जानकारी दिए।

    बागमती सरकारबाट समर्थन फिर्ता लिएपछि प्रदेशको सत्ता समीकरण थप जटिल बनेका बेला एमालेले आफ्नै संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढाइएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार