काठमाडौं । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गर्ने सर्लाही, मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंकाकुमारी सिंहबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बिशेष अदालतमा मुद्दा दायर गरेको छ ।
प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंकाकुमारी सिंहले वि.सं. २०७९ को सालको हाजिरी सम्बन्धमा परेको मुद्दालाई ढाकछोप गर्न सोही विद्यालयका तत्कालीन प्रधानाध्यापकले बिरामी भई गयल रहेको अवधिको रकम छुट हुन गएको भनी एकमुष्ट रकम माग गरी बाँडफाँड गरेको तथा विदाको अभिलेख नै परिवर्तन गरेको उजुरी आयोगमा परेको थियो ।
शिक्षक प्रियंकाकुमारी सिंह आफू विद्यालयमा अनुपस्थित हुनुपर्ने मनासिव कारणसहित कुनै औपचारिक सूचना तथा निवेदन पेस नगरी २०७९ सालको बैशाख महिनादेखि कार्तिक महिनाको १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेकी थिइन् । यस्तो अवस्थामा बिद्यालयका प्रधानाध्यापक विन्देश्वर यादवले शिक्षा ऐनमा भएको व्यवस्थाविपरीत बिदा स्वीकृत नगराई लामो समयसम्म विद्यालयमा अनुपस्थित रहेका शिक्षकलाई पदबाट हटाउनेतर्फ कारवाही गर्नुपर्नेमा सोतर्फ कदम चालेनन् ।
शिक्षकलाई नहटाई हाजिरी रजिष्टर खाली राखी विद्यालयमा अनुपस्थित भएको अवधिको हाजिरी तथा बिदाको अभिलेखसमेत अद्यावधिक नगरी लामो समयपश्चात विद्यालयमा उपस्थित भएपछि एकमुष्ट हाजिर गर्न लगाए । उक्त हाजिरी गरेपश्चात् उक्त हाजिरीमा विन्देश्वर यादवले टिपेक्स लगाई पुनः टिपेक्स लगाएको हाजिरमा समेत पुनः हाजिर गराइयो ।
उक्त हाजिर नभएको अवधिको समेत हाजिरी विवरण मलंगवा नगरपालिकामा पेस गरी शिक्षकको छुट तलब निकासा माग गरी रू. २ लाख ९० हजार ४ सय ३४ रूपैयाँ निकासा भएकोमा प्रियंकाकुमारी सिंह अनुपस्थित भएको अवधि साउनदेखि कार्तिकसम्म जम्मा २ लाख ४० हजार ९ सय १४ रुपैयाँ, २०७९ सालको बैशाख, जेठ र असार महिनाको जम्मा १ लाख ३० हजार १ सय २१ गरी जम्मा ३ लाख ७१ हजार ३६ रूपैयाँ दश पैसा विद्यालयमा अनुपस्थित भएको शिक्षकको नाममा गैरकानुनी रूपमा निकासा लिई भुक्तानी दिए–लिएको देखिएको अख्तियारले जनाएको छ ।
प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ज्ञ १ र दफा १७ बमोजिमको कसुर भएको हुँदा सरकारी कागजात सच्याई सरकारी रकम हिनामिना हानी–नोक्सानी एवं दुरूपयोग गर्ने कार्यमा संलग्न तत्कालीन प्रधानाध्यापक यादव र शिक्षक सिंहबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको आयोगले जनाएको छ । उनीहरु दुबैसँग ३ लाख ७१ हजार ३६ रूपैयाँ दश पैसा बिगो माग दाबी गरिएको छ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend