काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१)का लागि टर्कीबाट निमन्त्रणा आएको छ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागिताका लागि प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको बताए।
ढकालका अनुसार, कोपमा सहभागिताका लागि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्रधानमत्री शाहलाई निमन्त्रणा पठाएका हुन्। ‘कोप–३१ मा नेपालको सहभागिताका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई निमन्त्रणा प्राप्त भएको छ। टर्कीका सम्माननीय राष्ट्रपतिज्यूबाट निमन्त्रणा प्राप्त भएको हो,’ उनले भने।
परराष्ट्र मन्त्रालयमा प्राप्त निमन्त्रणा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइसकेको उनले जानकारी दिए। यद्यपि कुन तहबाट सहभागिता हुने भन्नेबारे जानकारी प्राप्त भइनसकेको उनको भनाइ छ।
कोप-३१ सन् २०२६ नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा हुँदै छ। नेपाल सरकारले सम्मेलनमा जलवायु न्याय, हानि नोक्शानीको क्षतिपूर्ति र पर्वतीय मुद्दालाई सशक्त रुपमा उठाउने तयारी गरेको छ।
काठमाडौँ। कोशी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । सत्ता समीकरण फेरिएपछि बुधबार कांग्रेस प्रदेश सरकारबाट बाहिरिएको हो । बुधबार कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीले...
काठमाडौं । दुर्गा प्रसाई र राप्रपाबाट चोइटिएको धवलशमशेर राणाको जय नेपाल पार्टी साउन २९ गते शुक्रबार निर्वाचन आयोगमा दर्ता हुने भएको छ । निर्वाचन आयोगमा...
काठमाडौँ। नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियालाई हटाउने प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। एमाले बागमती प्रदेश संसदीय दलको कार्यालयमा बुधबार संसदीय...
काठमाडौं । सार्वजनिक सम्पत्ति हानीनोक्सानी गर्ने सर्लाही, मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यामिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंकाकुमारी सिंहबिरुद्ध अख्तियार दुरुपयोग...
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ । विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend