काठमाडौँ। सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो ।
बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा जिप चालक र जिप धनी भेरी नदीमा बेपत्ता भएको बताइएको छ । उनीहरूको पहिचान भने खुलिनसकेको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक पातलीले जानकारी दिए ।
उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।
दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन् । उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी पातलीले जानकारी दिए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend