Nepal Face
  • बुधबार, २७ साउन २०८३
  • भेरी नदीमा जिप खस्यो, चालक र जिप धनी बेपत्ता


    बुधबार, साउन २७ २०८३
    115
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

    छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको हो ।

    बालुवा सङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा रहेको उक्त जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा जिप चालक र जिप धनी भेरी नदीमा बेपत्ता भएको बताइएको छ । उनीहरूको पहिचान भने खुलिनसकेको सल्यान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) दीपक पातलीले जानकारी दिए ।

    उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासीले प्रयास गरिरहेका छन् ।

    दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका–१, आँपखोलीका २९ वर्षीय प्रेम बिक र सोही स्थानका २१ वर्षीय खुमलाल बुढाथोकी घाइते भएका छन् । उनीहरू दुवैको अवस्था सामान्य रहेको बताइएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको डीएसपी पातलीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार