जनकपुरधाम। धनुषा जिल्ला अदालत अगाडि मिटरब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । मिटरब्याज पीडितले नाराबाजी गर्दै विरोध प्रदर्शन गरिरहेको समयमा एक महिलाले आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी हुन्।
बुधबार दिउँसो अदालत अगाडि मिटर ब्याज पीडित महिला जनकपुरधाम- ४ की फुल कुमारी रजकले पेट्रोल आफ्नो शरीरमा खन्याएपछि प्रहरीले रोकेका थिए ।
अदालतमा पक्राउ परेका मिटर ब्याज साहुविरुद्ध थुनछेक बहस भइरहेको छ । मिटर ब्याज साहु गोपाल साह,रेखा साह र हरेराम साहविरुद्ध थुनछेक बहस भइरहेको छ ।
भित्र बहस चलिरहँदा अदालत बाहिर मिटरव्याज पीडित आन्दोलन गरिरहेका छन्।
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ १ गते प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने भएका छन्। नेपाली काँग्रेसले सरकारलाई दिएको समर्थन...
काठमाडौँ । प्रमुख प्रतिपक्षी तथा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन-जी विद्रोह र निर्वाचनबाट प्राप्त जनादेशअनुसार बनेको बालेन सरकारप्रति युवाको आशा र अपेक्षा...
काठमाडौँ । नेपाली काँग्रेसका पूर्व उपसभापति पूर्णबहादुर खड्का र पूर्व महामन्त्री डा. शशांक कोइरालाबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार बिहान खड्का निवास गल्फुटारमा भेटवार्ता...
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि स्थान तय गरेको छ । २९ साउनका लागि घोषणा गरिएको राष्ट्रिय भेलाका लागि इतर...
काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भदौ पहिलो साता चीन भ्रमणमा जाने भएका छन्। लामिछानेको आठ दिने चीन भ्रमण भदौ ७ देखि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend