काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजले विवाह गरेका छन्।
उनीहरूले मंगलबार पोर्चुगलको कास्काइसमा एक निजी नागरिक समारोहबीच विवाह गरेको पिपल म्यागजिनले जनाएको छ।
विवाहपछि रोनाल्डो र जर्जिनाले सामाजिक सञ्जालमा हातमाथि हात राखिएको र दुवैले विवाहको औँठी लगाएको तस्वीर सार्वजनिक गरेका छन्।
रोनाल्डो र जर्जिना सन् २०१६ देखि सम्बन्धमा थिए। रोनाल्डो रियल मड्रिडमा खेलिरहेका बेला जर्जिना मड्रिडस्थित गुच्चीको पसलमा काम गर्थिन्। पहिलो भेटमै आफूहरूबीच विशेष सम्बन्ध बनेको जर्जिनाले यसअघि भोगसँगको अन्तर्वार्तामा बताएकी थिइन्।
एक दशक लामो सम्बन्धका क्रममा उनीहरूले पाँच सन्तानसहितको परिवार बनाएका छन्। सन् २०२२ मा उनीहरूले नवजात छोरालाई गुमाएका थिए।
रोनाल्डोले गत नोभेम्बरमा पियर्स मोर्गनसँगको अन्तर्वार्तामा विश्वकपपछि विवाह गर्ने संकेत दिएका थिए। उनले हाँस्दै भनेका थिए, ‘हामी विश्वकपपछि विवाह गर्ने योजना बनाएका छौँ-ट्रफीसहित।’
यद्यपि, २०२६ को विश्वकपमा पोर्चुगल स्पेनसँग अन्तिम १६ को खेलमा पराजित भएपछि रोनाल्डोको विश्वकप करिअर टुंगिएको अनुमान गरिएको छ। प्रतियोगितामा प्रदर्शन अपेक्षाअनुसार हुन नसके पनि उनले लगातार छ फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेर नयाँ कीर्तिमान बनाएका थिए।
४१ वर्षीय रोनाल्डो विश्वकै सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन्। उनी पाँच पटक बालोन डी’ओर विजेता हुन्। इन्स्टाग्राममा उनको ६७ करोड ८० लाखभन्दा बढी फलोअर्स छन्, जसले उनलाई विश्वकै सबैभन्दा बढी फलो गरिएका व्यक्ति बनाएको छ।
३२ वर्षीया जर्जिना भने अहिले मोडल तथा सामाजिक सञ्जाल प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्। रोनाल्डोसँगको सम्बन्धपछि उनको लोकप्रियता निकै बढेको छ। उनी पछिल्ला दुई मेट गाला कार्यक्रममा समेत सहभागी भइसकेकी छन्।
जर्जिनाले सन् २०२५ अगस्टमा रोनाल्डोसँग इन्गेजमेन्ट भएको घोषणा गरेकी थिइन्। उनले औँलामा लगाएको ठूलो हिराको औँठीको तस्वीर सार्वजनिक गरेकी थिइन्। हिरा करिब ३० देखि ४० क्यारेटको रहेको र यसको मूल्य ५० लाखदेखि १ करोड ५० लाख अमेरिकी डलरसम्म हुन सक्ने अनुमान गरिएको थियो।
रोनाल्डोका अनुसार जर्जिनाले ठूलो हिराको औँठी पाउने सपना देखेकी थिइन्। एक दिन उनीहरूले आफ्ना छोरीहरू अलाना र इभासामु औँठी दिएको बेला छोरीहरूले नै ‘ड्याडी, तपाईं आमालाई औँठी दिँदै हुनुहुन्छ, विवाहको प्रस्ताव राख्न लाग्नुभएको हो रु’ भनेर सोधेपछि आफूले त्यही क्षण प्रस्ताव गर्ने निर्णय गरेको रोनाल्डोले बताएका थिए।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend