Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • लालबकैया नदीमा हराएका २ बालबालिकाको शव फेला, एक बालिका अझै बेपत्ता 


    बुधबार, साउन २७ २०८३
    315
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।

    मंगलबार दिउँसो नदिमा नुहाउन गएका एक बालक र दुई बालिका लालबकैया नदिमा बेपता भएका थिए । हराएकामध्ये दुइजनाको शब बुधबार बिहान फेला परेको हो। एक बालिक अझै बेपत्ता छिन ।

    हराएका मध्ये देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनियाका १० वर्षीय मोहमद रहमतुल्लाह र सोही स्थानकी १० वर्षीया सवनम खातुनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दुवै जनाको शव नदीमा तैरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

    शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार