Nepal Face
  • मंगलबार, २६ साउन २०८३
  • कोलम्बियामा शक्तिशाली भूकम्प जाँदा १३२ जनाको मृत्यु, सयौं बेपत्ता


    मंगलबार, साउन २६ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् ।

    सरकारले प्रारम्भिक रूपमा १११ जनाको मृत्यु र ८७ जना घाइते भएको जनाएको थियो । तर कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजका अनुसार मृत्यु हुनेको संख्या १३२ पुगेको छ भने ५७० जना घाइते भएका छन् ।

    कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको भूकम्प यो शताब्दीमा कोलम्बियामा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो ।

    अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो । भूकम्प १०७ किलोमिटर गहिराइमा गएको थियो ।

    भूकम्पपछि केही घण्टाभित्रै कम्तीमा २१ वटा परकम्पसमेत गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार