काठमाडौँ । वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन भएको छ । बिमलको ७९ वर्षको उमेरमा राति पौने १ बजे निधन भएको उनका कान्छा छोरा डा.विभाष लाभले जानकारी दिए ।
उनका अनुसार सोमबार राति साढे ११ बजेतिर कुराकानी गर्दागर्दै बिमल अचानक बिरामी परेका थिए । उपचारको लागि नजिकै अस्पतालमा लगिएको थियो । उपचारको क्रममै उनको निधन भएको हो ।
अहिले उनको प्रार्थिव शरीर श्रद्धाञ्जलीको लागि जनकपुरधाम उपमहानगरपालिका १० देवीचोकस्थित आफ्नै निवासमा राखिएको छ ।
बिमल नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् । भाषा विज्ञानमा विद्यावारिधि गरेका उनले नेपाली, मैथिली र हिन्दी विषयमा स्नाकोत्तर रहेका थिए । उनी २०२९ सालदेखि नै त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा अध्यापनमा जोडिएका थिए ।
उनी जगदम्बा श्री पुरस्कार, मधुपर्कलगायत थुप्रै सम्मानबाट विभूषित छन् । उनको आजै दिउँसो ३ बजे जनकपुरधाम स्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने डा. विजय दत्तले जानकारी दिए ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend