काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले मंगलबार सूचना जारी गर्दै तीन कम्पनीलाई फरक–फरक अवधिका लागि कालोसूचीमा राखिएको जानकारी दिएको हो । कालोसूचीमा राखिएको कम्पनीमा एक विदेशी कम्पनी पनि रहेको छ ।
कार्यालयका अनुसार स्पेक्स नेपाल प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । त्यस्तै जेडिएम आर बिल्डर्सलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।
भारतको हैदरावादस्थित एमरएस श्रुस्थी कनटेक प्रालिलाई भने तीन वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयले जारी गरेको सूचना गोरखापत्रमा समेत प्रकाशित भएको छ ।
कालोसूचीमा परेका यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायबाट हुने कुनै पनि खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को आह्वानमा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने...
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रको समग्र योगदानलाई पर्याप्त रूपमा सम्बोधन नगरी यसलाई मुख्यतः राजस्व संकलनको क्षेत्रका रूपमा...
काठमाडौं । पर्सामा १०५ किलो गाँजासहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला...
काठमाडौं । कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ । सयौं मानिस अझै बेपत्ता छन् । सरकारले प्रारम्भिक रूपमा १११...
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend