काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच सोमबार शिष्टाचार भेट भएको छ।
उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने, विभिन्न क्षेत्रमा सहयोग प्रवर्द्धन एवम् विकास साझेदारीलाई अभिवृद्धि गर्ने लगायतका विषयमा छलफल भएको छ।
भेटमा प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।
यसअघि गत चैत १३ मा प्रधानमन्त्री नियुक्त भएपछि शाहले राजदूत र कूटनीतिक नियोगमा प्रमुखसँग सामूहिक भेटवार्ता गरेका थिए।
गत चैत २५ मा भएको सामूहिक भेटवार्तामा राजदूत तथा कूटनीतिक नियोगका प्रमुखले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
उनी विदेशी कूटनीतिज्ञसँग एक्लाएक्लै भेट नगर्ने योजनामा थिए। तर पछिल्लो पटक प्रधानमन्त्री शाहले असार २३ मा एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दासँग एक्लाएक्लै भेटवार्ता गरेका थिए।
आज भने प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेटेका हुन्।
उनले भोलि (मंगलबार) अमेरिकी दूतावासका उच्च अधिकारीलाई भेट्ने कार्यक्रमसमेत तय भएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend