काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विभिन्न मन्त्रालयका सचिवहरुको बैठकले कार्यदल गठन गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संस्थान हेर्ने सहसचिवको संयोजकत्वमा गठित कार्यदलले मिलका भौतिक संरचना, मेसिनरी, सम्पत्ति तथा दायित्वको अवस्था र यसअघि भएका अध्ययन तथा निर्णयहरूको समीक्षा गर्नेछ।
कार्यदलले पुनः सञ्चालनका सम्भावित विकल्प र आवश्यक रणनीतिसहितको प्रतिवेदन एक महिनाभित्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेस गर्नेछ।
बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव वीरेन्द्रकुमार यादवका साथै अर्थ सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवसहित सम्बन्धित मन्त्रालयका अधिकारी तथासरोकारवालाहरू सहभागी थिए ।
बैठकमा जुट मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो ।
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच सोमबार शिष्टाचार भेट भएको छ। उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता...
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि लगाइएका व्यक्तिगत लाञ्छना र चरित्र हत्याको प्रयासप्रति आपत्ति जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो । प्रधानमन्त्री शाहले...
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्री...
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग माग गरेको छ। सोमबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend