काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा उपस्थित गराई जवाफ दिन लगाउन सभामुखसँग माग गरेको छ। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउँदै सीमासम्बन्धी दिएको अभिव्यक्तिमा जवाफ दिन माग गरेकी हुन्।
प्रधानमन्त्रीलाई आफू एक्लो नभएको भन्दै राष्ट्रिय हितमा अघि बढ्न आग्रह गर्दै उनले प्रतिपक्ष सरकारको साथमा उभिन तयार रहेको बताइन्। उनले भनिन्,’प्रधानमन्त्रीज्यू आफ्नै मन्त्रिपरिषद्मा एक्लै हुनुहुन्छ। मन्त्रीका सुझाव कति सुनुहुन्छ? आफ्नै दलभित्र कति संवाद गर्नुहुन्छ?’
प्रधानमन्त्री कार्यालयको सचिवालयले संवैधानिक निकायका पदाधिकारीमाथि अनावश्यक दबाब दिएको भन्ने प्रश्न उठिरहेको भन्दै उनले त्यसबारे पनि प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने बताइन्।
उनले सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिका विषयमा सदनमा स्पष्ट जवाफ दिन र अभिव्यक्ति सच्याउन उनले आग्रह गरिन्। उनले सरकारमाथि हुने आलोचनालाई सुझावका रूपमा लिन प्रधानमन्त्रीलाई आग्रह गरिन्।
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपालका लागि चीनका राजदूत झाङ माओमिङबीच सोमबार शिष्टाचार भेट भएको छ। उनीहरूबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता...
काठमाडौं । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले आफूमाथि लगाइएका व्यक्तिगत लाञ्छना र चरित्र हत्याको प्रयासप्रति आपत्ति जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेका...
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो । प्रधानमन्त्री शाहले...
काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend