Nepal Face
  • सोमबार, २५ साउन २०८३
  • पाल्पामा गाडी सडकबाट खस्दा १० जना घाइते


    सोमबार, साउन २५ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पाल्पामा सोमबार बिहान गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

    तिनाउ गाउँपालिका-४ चिउरीडाँडास्थित झुम्सा-सत्यवती धसमिघा भित्री कच्ची सडकखण्डमा पिकअप गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।

    माथागढी गाउँपालिका-५ बंसिङडाँडाबाट बुटवलतर्फ आउँदै गरेको लु।१ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जिप सोमबार बिहान आफैँ अनियन्त्रित भई सडकबाट तल खसेको हो।

    गाडीमा चालकसहित १० जना सवार थिए। दुर्घटनामा गाडी चालक देवकुमार घर्तीसहित सवार सबै १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

    घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार