काठमाडौँ। नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरहरू २४ घण्टा सञ्चालन गर्ने तयारी थालेको छ।
भाटभटेनी सुपरमार्केट राति पनि खुल्ला गर्ने तयारीका लागि अहिले रातिको समयमा स्टोरमा सामान मिलाउने काम सुरु गरिएको भाटभटेनी सुपरस्टोरका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले जानकारी दिए।
‘अहिले सामान मिलाउन रातिको समयमा भाटभेटनी खुलेको छ। भदौ १ गतेबाट भने रातिकै समयमै किनमेल गर्न सकिने गरी खुल्ला गर्दैै छौँ’, पौडेलले भने।
अहिले सामान मिलाउने, स्टक व्यवस्थापन गर्ने, मूल्य ट्याग राख्ने तथा सरसफाइ गर्ने काम ग्राहकको आवागमनसँगै भइरहेको र त्यसले केही असहज पनि भएको हुँदा रातिको समयमा सामान मिलाउने काम गर्दा सजिलो हुने उनले बताए।
त्यसबाहेक, ट्राफिक व्यवस्थापनमा पनि सहजीकरण होस् भनेर रातिको समयमा भाटभटेनी खुल्ला गर्न लागिएको उनले बताए।
सामान बिक्रीकै लागि खुल्ला गर्दा पहिलो चरणमा काठमाडौं उपत्यकाका पाटन र भक्तपुरको राधेराधेस्थित भाटभटेनी स्टोरबाट सुरु हुने उनले बताए।
त्यसपछि भने कलंकी, बौद्ध, टंगाल, कोटेश्वरलगायत काठमाडौं उपत्यकाका अन्य स्टोरमा पनि सेवा विस्तार गर्ने योजना रहेको उनले बताए।
रात्रिकालीन सिफ्टमा काम गर्ने कर्मचारीलाई नियमित तलबभन्दा २५ प्रतिशत अतिरिक्त भत्ता दिने व्यवस्था गरिएको छ। उनीहरूका लागि रातिको समयमा चिया तथा खाजालगायत थप सुविधा पनि उपलब्ध गराइने भाटभटेनीले जनाएको छ।
हाल भाटभटेनीका स्टोरहरू बिहान साढे ७ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका छन्।
काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरूबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाएका छन्। ३२ औँ विश्व...
काठमाडौँ। अनलाइन माध्यमबाट सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौँको भद्रकालीबाट एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने ४१ वर्षीय प्रेम...
काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा...
काठमाडौं । किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्माको प्रहरीले बयान लिएको छ...
काठमाडौँ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक व्यवस्थापनमा संस्थागत सुधारसँगै प्रहरी कर्मचारीको आचरण र कार्यसम्पादनमा पनि कडाइ आवश्यक रहेको बताएका छन्। आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend