काठमाडौँ । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ । पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा केही बेर अगाडि बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको आगामी १५औँ महाधिवेशन र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिका सम्बन्धमा विस्तृत छलफल हुने काँग्रेस केन्द्रीय सदस्य विजयबहादुर स्वाँरले जानकारी दिए।
उनका अनुसार बैठकमा १५औँ महाधिवेशनको तयारी, नियमावली र निर्वाचन निर्देशिका निर्माण तथा सदस्यता अद्यावधिक र वितरणका बारेमा छलफल हुनेछ । यस्तै, महाधिवेशन तयारी समिति गठन र केन्द्रीय कार्यसम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
बैठकमा पछिल्लो समय तराई-मधेस क्षेत्रमा भएका विभिन्न घटनाक्रम, सरकारको १०० दिन र विपक्षीको भूमिका, प्रदेश सरकार र संगठनात्मक विषयमा छलफल हुने केन्द्रीय सदस्य स्वाँरले बताए । यसबाहेक मुलुकको समसामयिक राजनीतिक मुद्दा र भ्रातृ संस्थाको विधानका सम्बन्धमा पनि छलफल हुने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
काठमाडौँ। अनलाइन माध्यमबाट सट्टेबाजी गराएको आरोपमा प्रहरीले काठमाडौँको भद्रकालीबाट एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने ४१ वर्षीय प्रेम...
काठमाडौँ। नेपालको सबैभन्दा ठूलो रिटेल चेन भाटभटेनी सुपरमार्केटले आफ्ना स्टोरहरू २४ घण्टा सञ्चालन गर्ने तयारी थालेको छ। भाटभटेनी सुपरमार्केट राति पनि खुल्ला गर्ने तयारीका लागि...
काठमाडौं । किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्माको प्रहरीले बयान लिएको छ...
काठमाडौँ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक व्यवस्थापनमा संस्थागत सुधारसँगै प्रहरी कर्मचारीको आचरण र कार्यसम्पादनमा पनि कडाइ आवश्यक रहेको बताएका छन्। आइतबार...
बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् । तीन दिनदेखि हराइरहेका सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend