बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा कांग्रेस नेता किरण सिंह मृत फेला परेका छन् ।
तीन दिनदेखि हराइरहेका सिंहको शव जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए ।
६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो ।
उनको खोजीका लागि नेपाल प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालन गर्नुका साथै ड्रोनबाट समेत खोजी गरेको थियो।
अन्ततः सिंहको शव सोही जंगल क्षेत्रभित्र फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिएका छन्।
काठमाडौं । किशोरीको डिम्ब तस्करी प्रकरणमा जोडिएकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ तथा आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) डा. नुतन शर्माको प्रहरीले बयान लिएको छ...
काठमाडौँ। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक व्यवस्थापनमा संस्थागत सुधारसँगै प्रहरी कर्मचारीको आचरण र कार्यसम्पादनमा पनि कडाइ आवश्यक रहेको बताएका छन्। आइतबार...
काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले मुलुकमा सुशासन कायम गर्न र नागरिकमा राज्यप्रति विश्वास जगाउनु...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् । बत्तिसौँ विश्व आदिवासी दिवसका...
काठमाडौँ। नेपाली बजारमा पहेलो धातु सुनको भाउ फेरि आकाशिएको छ। आज सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर ३ लाख १ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend