Nepal Face
  • आइतबार, २४ साउन २०८३
  • प्रधानमन्त्रीले राज्यका महत्त्वपूर्ण निकायका प्रमुखलाई हतोत्साहित गरिरहेको छ: गगन थापा


    शुक्रबार, साउन २२ २०८३
    210
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले राज्यका महत्त्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गरिरहेको आरोप लगाएका छन्।

    शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको कार्यशैली र जिम्मेवार पदाधिकारीको अभिव्यक्तिप्रति आपत्ति जनाए। लोकतान्त्रिक पद्धतिमा विधिको शासन सर्वोपरि हुने उल्लेख गर्दै थापाले कानुनभन्दा माथि कोही पनि नहुने स्मरण गराए।

    ‘प्रधानमन्त्रीले मन्त्रीहरूबिना नै बैठक गर्ने र राज्यका महत्त्वपूर्ण निकायका प्रमुखहरूलाई हतोत्साहित गर्ने काम गरिरहनुभएको छ। मुख्य व्यक्तिको कार्यशैली नै अराजक भएपछि त्यसको प्रभाव तल्लो तहसम्म पुगेको छ,’ सभापति थापाले भने।

    उनले मन्त्री र सांसदहरूबाटै उत्तेजक र धम्कीपूर्ण अभिव्यक्तिहरू सार्वजनिक हुनुले विधिको शासनलाई चुनौती दिएको जिकिर गरे। विभिन्न माग राखेर आन्दोलनरत पक्षहरूसँग सरकारले गर्ने सम्झौता कार्यान्वयन नभएको प्रति पनि उनले चिन्ता व्यक्त गरे।

    लघुवित्त र सहकारी पीडित, शिक्षक, नर्स तथा चिकित्सकका समस्या समाधानमा सरकार गम्भीर नभएको उनको आरोप छ। सरकारले गरेका सम्झौताहरू कार्यान्वयन नहुँदा नागरिकको भरोसा राज्यबाटै टुट्दै जाने खतरा रहेको उनले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार