Nepal Face
  • आइतबार, २४ साउन २०८३
  • संसदमा विपक्षीको विरोध कायमै, प्रधानमन्त्रीले जवाफ दिनैपर्ने अडान


    शुक्रबार, साउन २२ २०८३
    245
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभामा आज पनि विपक्षी दलहरूले विरोध कायम राखेका छन् प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै उनीहरूले उठेर विरोध गरेका हुन् ।

    त्यसपछि सभामुख डोल प्रसाद अर्याल ९डीपी०ले नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवलाई बोल्न समय दिए । उनले पार्टीका तर्फबाट बोल्दै सीमा विवाद सम्बन्धी अभिव्यक्तिमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने अडान दोहोर्‍याए ।

    ‘सम्माननीय प्रधानमन्त्रीजीको सीमा सँग सम्बन्धित विवादित र आपत्तिजनक अभिव्यक्तिको बारेमा हामील विरोध गर्दै आएका छौं । त्यो यथावत छ,’ उनले भने ।

    १७ जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिएका थिए । त्यस क्रममा उनले भारतसँगको सीमा विवादबारे दुई वटा कुरा राखेका थिए ।

    प्रधानमन्त्री बालेले लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपाल सरकारले अफिसियल रूपमा डिप्लोमिया नोट भारत सरकारलाई पठाएको र त्यसको जवाफ प्राप्त भएको विषय प्रधानमन्त्री बालेनले राखेका थिए । त्यसैगरी नेपालको तर्फबाट समेत भारतीय भूमि प्रयोग भएको भन्ने विषय उठाएका थिए ।

    यी दुवै विषयमा तत्कालै विवादमा परे । विपक्षी दलहरूले यसबारे तथ्य खोजे । तर संसद्ले साढे दुई महिनासम्म प्रधानमन्त्री बालेनले यसबारे संसद्मा स्पष्टीकरण दिएका छैनन् ।

    विपक्षी दलहरूले यो विषय निरन्तर संसद्मा उठाउँदै आएका छन् । आज पनि यही विषय उठाएर विरोध जनाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार