काठमाडौँ। आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत बम्पर उपहार जित्ने बिजेताहरुको घोषणा भएको छ।
शुक्रबार बिहान विभागले अर्थमन्त्री स्वर्णिम वाग्लेको उपस्थितिमा विजेताहरुको घोषणा गरेको हो।
शिव कृष्ण जेनरल स्टोरमा २५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्रोत्साहन उपहारको साउन महिनाको १५ दिनको बम्पर उपहार जितेका छन्।
बम्पर उपहार जितेका व्यक्तिले यही साउन ७ गते सामान किनेको खुलेको छ। विजेताको थप विवरण आन्तरिक राजश्व विभागले पहिचान गर्ने छ।
विभागले पहिलो १ लाख ३३ हजार ३३४ रूपैयाँ प्राप्त गर्ने १५ जनाको घोषणा गरेपछि बम्पर उपहार कार्यक्रम अन्तर्गत १० लाख रूपैयाँ जित्ने विजेता घोषणा गरेको छ।
१० लाख राशी बम्पर उपहार ००७३१५२५४४९३ कुपन नम्बर भएका व्यक्तिले जितेका छन्।
ती करदाताले शिवकृष्ण जनरल स्टोरबाट २५० रूपैयाँको सामान किनेको बिल उपहार कार्यक्रममा समावेश गरेका थिए।
उनले २५ प्रतिशत कर कट्टा गरी सरकारबाट ७ लाख ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन्।
श्री सम्पादकज्यू उपरोक्त सम्बन्धमा २०८३ साउन २० गतेको नेपालफेस डटकममा ‘ब्यापारी अग्रवालको सेटिङमा बीपी स्वास्थ्य प्रतिष्ठानको कार्यसमितिमा खड्का र अग्रवालको नियुक्ति’ शीर्षकमा संप्रेषित समाचारप्रति प्रतिष्ठानको...
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले देशमा उत्पादित विद्युत खेर फाल्ने अनि ग्याँसमा लाइन लगाउने । यो कस्तो विडम्वना भन्दै सरकारलाई तत्काल बिद्युतमा लगाएको भ्याट...
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत...
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८३ को वैशाखदेखि असारसम्मको तीनमहिने प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा मन्त्रिपरिषद्का २१ बैठकबाट ३८४...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend