सम्पादकज्यू
पंचायत, प्रजातन्त्र, गणतन्त्र जुन तन्त्र आए पनि प्रहरीका तल्लो तहका जवानमाथि हुने थिचोमिचो र अन्याय उस्तै छ । यस्तै थिचोमिचो हुने ठाउँ हो, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज ।
प्रहरी सहायक निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदको भर्ना तथा छनौट अन्तर्गतका विभिन्न परीक्षाहरु शिक्षालयबाट सञ्चालन हुँदै आइरहेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका विभिन्न प्रहरी इकाईहरूमा कार्यरत प्रहरी जनशक्तिलाई समयानुकूल प्रशिक्षण प्रदान गर्ने काम पनि शिक्षालयबाट हुने गरेको छ । शिक्षालयका समादेशक(एसपी) एसपी वीरेन्द्रबहादुर शाही छन् ।
शिक्षालयमा तालिम दिनका लागि प्रशिक्षक बोलाउने काम प्रहरी निरीक्षक भगवती तिमल्सिना र लेखापाल बरिष्ठ सई पुष्पा थापाले गर्ने गर्दछन् । लेखापाल थापा पूर्वआईजीपी दीपक थापाकै शक्ति लगाएर शिक्षालय पुगेकी हुन् । इन्स्पेक्टर तिमल्सिना पूर्व गृहमन्त्री रमेश लेखकको सिफारिसमा शिक्षालय पुगेकी हुन् ।
बर्तमान सरकार गठन हुनासाथ पक्राउ परेका लेखकलाई शिक्षालयमै राखिएको थियो । जहाँ तिमल्सिनाले उनलाई सबै सुविधा उपलब्ध गराएकी थिइन् । इन्स्पेक्टरको १ बर्षमा सरुवा हुने भए पनि तिमल्सिना २ बर्षदेखि शिक्षालयमा कार्यरत छिन् । उनी त्यहीँबाट डीएसपी बढुवा भएर जाने दाउमा छिन् । पूर्वगृहमन्त्री रमेश लेखक, प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासनका एसपी निरन्जन भट्टदेखि उपत्यका प्रहरी कार्यालयका कर्मचारी प्रशासनका डीएसपी पाण्डे पनि आफ्ना भेगका भएकाले उनी आफू डीएसपी हुने कुरामा ढुक्क जस्तै छिन् ।
जेनजी बिद्रोहपछि गृहमन्त्री सुधन गुरुङ भए । तर प्रहरीमा जेनजीको जगमा बनेको सरकारको होइन, लेखकको सिफारिस चल्ने गरेको छ । उनकै बिश्वासपात्रका रुपमा चिनिनेहरु प्रहरी हेडक्वाटरदेखि उपत्यकासम्मका कर्मचारी प्रशासनमा छन् । र, शिक्षालयका तिमल्सिनाको सरुवा २ बर्षसम्म पनि हुँदैन । प्रहरीका महत्वपूर्ण ठाउँमा आफ्नै भेगका भएकाले तिमल्सिनाले शिक्षालयको समादेशक पनि उतैको ल्याएको दाबी गर्न पछि पर्दिनन् ।
शिक्षालयमा तालिम दिनका लागि पनि नाम एक जनाको हुन्छ, तालिम दिन अख्तियारमा कार्यरतदेखि हेडक्वाटरका हाकिमका भेगकै बोलाउने गरिन्छ । तालिम दिनेले जुनियरको १ हजार ५ सय र सिनियरको २ हजार ५ सय पारिश्रमिक पाउने गर्दछन् । शिक्षालयको लेखापालको काम लेखाको हिसाबकिताव मात्र हेर्ने हो । तालिम दिन पाउँदैन । तर, बरिष्ठ सई लेखापाल पुष्पा थापाले तालिम दिनेमा आफ्नो नाम पनि राखी १ हजार ५ सय पारिश्रमिक लिने गरेकी छन् । हप्ताको एकाध दिन तालिम दिनका लागि मात्र करोडको गाडीमा सरर शिक्षालय आउने उनी अरु दिन आउँदिनन् ।
लेखाको काम सबै सहायकले गर्ने गर्दछन् । शिक्षालयमा तालिम लिनेहरु इन्स्पेक्टर तिमल्सिनाको हैकम र अन्याय सहन गर्न नसकी कतिपय जवान र असई तालिम लिंदालिंदै भाग्न बाध्य बनाइएका छन् । तिमल्सिनाले आफ्नो भेगकालाई मात्र तालिममा सहयोग गरी अन्यत्रकालाई दुःख दिने र चरम भेदभाव गरेर तालिम छाडेर भाग्न बाध्य पार्ने गरेकी छन् ।
शिक्षालयका परीक्षा समेत पारदर्शी नहुने गरेकोबारेमा प्रहरी प्रधान कार्यालयले अनुगमन गर्नु जरुरी छ । तालिमेहरुको पैसा र रासनमा समेत अनियमितता हुने गरेको छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको दबाबमा हाइट नै नपुगे पनि प्रहरीमा भर्ना भएकी हुन् उनी । अहिले पनि उनको हाइट नाप्ने हो भने प्रहरीको मापदण्ड अनुसार छैन । तर तिनैले तालिम लिनेहरुलाई फिजिकल परीक्षामा फेल गराउने गरेकी छन् ।
लोकसेवा आयोगबाट परीक्षा लिन आउनेहरुलाई समेत गुमराहमा राख्ने, सीसीटीभी बिग्रेको, वाइफाईको समस्या देखाउने गरिएको छ । प्रहरीमा भर्नादेखि तालिम दिने शिक्षालयमा भइरहेका यस्ता बिभेदका बारेमा प्रहरी महानिरीक्षकको सचिवालयमा गुनासो पनि पुगिसकेका छन् । तर तालिमेहरुमाथि बिभेद कम भएको छैन ।
– शिक्षालयका अन्यायमा परेका तालिमे प्रहरीहरु
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८३ को वैशाखदेखि असारसम्मको तीनमहिने प्रगति विवरण सार्वजनिक गरेको छ। यस अवधिमा मन्त्रिपरिषद्का २१ बैठकबाट ३८४...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमा शङ्का नभए पनि काम गर्ने‘ ‘ढङ्ग’ नपुगेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको...
काठमाडौँ । नेपाल प्रहरीले सूचना प्रविधि, मानव स्रोत व्यवस्थापन र भौतिक पूर्वाधारका क्षेत्रमा व्यापक सुधार गर्दै संगठनलाई आधुनिक एवं प्रविधिमैत्री बनाउने योजना अघि सारेको...
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विद्युत पहुँच विस्तार, सडक निर्माणमा समन्वय र वितरण प्रणाली सुधार लगायतका विषयमा सरकारलाई पाँचबुँदे निर्देशन दिएको...
काठमाडौँ। आपराधिक पृष्ठभूमि भएका चक्रे मिलन भनिने मिलन गुरुङले सर्वोच्च अदालतबाट सम्पत्ति शुद्धीकरणको अभियोगमा सफाइ पाएका छन् । न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र मेघराज पोखरेलको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend