काठमाडौँ। कञ्चनपुरकी किशोरी निर्मला पन्तको हत्या प्रकरणमा सोधिएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर नदिने बताएका छन्।
बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। प्रश्नोत्तर कार्यक्रमको सुरुवातमै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसद विष्णुबहादुर विश्वकर्मालाई प्रश्न सोध्न अनुमति दिएका थिए।
सांसद विश्वकर्माले निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धान कहाँ पुग्यो र हत्यारा कहिले पक्राउ पर्छन् भनेर प्रश्न गरेका थिए।
त्यसको उत्तरमा गृहमन्त्री गुरुङले गम्भीर विषयको भए बताए। ‘यो विषय एकदमै सेन्सेटिभ छ,’ उनले भने।
यस विषयमा गृहमन्त्री गुरुङले सांसदलाई नै उल्टै प्रश्न गरे। ‘हजुर सत्तामा हुँदा किन नगर्नु भएको होरु,’ उनले भने।
यस विषयलाई संसद्मा धेरै कोट्याउन नहुने उनको तर्क थियो। ‘आमाको घाउलाई कोट्याइरहने हो कि संसदमार्फत कि न्याय दिने हो ?,’ उनले भने।
यसमा अनुसन्धान भइरहेको गृहमन्त्री गुरुङको भनाइ थियो। ‘धेरै कुरा बोल्न सक्दिँन। बोल्नु हुँदैन। सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौँं,’ गुरुङले भने।
गृहमन्त्री गुरुङले अब संसद्मा निर्मला हत्या प्रकरणमा प्रश्न नगर्न अनुरोध गरे। ‘यो प्रश्न नउठाइ दिन हुन अनुरोध गर्दछु। केही कुरा छ भने व्यक्तिगत रुपमा सोध्नु होला,’ उनले थपे, ‘यो विषय सदनमा बारम्बार कोट्याउन हुँदैन।’
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौँ। उदयपुरको कटारीमा जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। कटारी नगरपालिका-४ मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार दिउँसो प्र।३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप दुर्घटनामा...
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend