Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • इट्टा भट्टाको पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु


    बुधबार, साउन २० २०८३
    150
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । जिल्ला बाँके, नेपालगञ्ज उपमहानगरपालिका –१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु भएको छ ।

    सोमवार बिहान करिब ११:२० बजे इट्टा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए ।

    गम्भीर घाइते कोरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएकोमा साउन २० गते बिहान ३:३० बजे उपचारकै क्रममा मृत्यु छ ।

    मृतक वर्षादी लोधको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ भने राम फेरन कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार