काठमाडौँ। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरेको विषयमा नेकपा (एमाले) ले सरकारसँग जवाफ माग गरेको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले भारतीय सेनाले सिभिल ड्रेस लगाएर नेपाली भूमिमा प्रवेश गरेको विषयमा सरकारसँग जवाफ माग गरेका हुन्। उनले सीमा क्षेत्रमा बसोवास गर्ने नेपाली नागरिकमा असुरक्षा र मुलुकको स्वाभिमानमा चोट पुग्दा समेत सरकार मौन बसिरहेकोप्रति आपत्ति जनाए।
‘आज फेरि देशको भूमिमा भारतीय सेनाले सिभिल ड्रेस लगाएर प्रवेश गरेको छ। सुस्ताको जमिनमाथि फेरि चोट पुर्याएको छ,’ उनले भने।
उनले सीमा सुरक्षाको विषयमा अझै कति समय संसदमा ध्यानाकर्षण गराउनुपर्ने भनेर प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रश्न गरे। सीमा सुरक्षाको विषयमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्न समेत सरकारलाई आग्रह गरे।
‘सुस्ताबासीले फेरि यसको प्रतिवादमा उत्रिनुपरेको अवस्था छ। आज देश फेरि सीमा अतिक्रमणको मुद्दाले पीडामा परेको छ,’ बरालले प्रश्न गरे, ‘प्रधानमन्त्रीज्यू यसको संवेदनशीलतालाई महसुस गर्न यो संसदले कति समय खर्च गर्नुपर्ने हो? कति समय ध्यानाकृष्ट गर्नुपर्ने हो?’
सांसद बरालले सुनसरीमा भएको धार्मिक तथा सम्प्रदायिक तनाव उत्पन्न हुनुको कारण र सुरक्षा कमजोरीको विषयमा निष्पक्ष छानबिन गर्न पनि माग गरेका छन्।
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ। मन्त्रालयका अनुसार शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी...
काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएपछि आफन्तले शव उठाउन मानेका छैनन् । उता कप्तानगञ्जमा सडकका रुख ढालेर स्थानीयवासी...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा। अमेरशकुमार सिंहले मधेसमा कुनै घटना घटनासाथ किन गोली चल्छ? भन्दै राज्यसँग प्रश्न गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको...
काठमाडौँ । सांसदहरुले ग्यासको कृतिम अभाव रोक्न ग्यास सिलिन्डरको तथ्यांक संकलन गरी ट्रयाकिङ प्रणाली लागू गर्न सुझाव दिएका छन् । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरूबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री कार्यालय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend