Nepal Face
  • मंगलबार, १९ साउन २०८३
  • सरकारले सेना नामका विभिन्न समूहलाई निषेध गर्नुपर्छ: हर्क साम्पाङ


    मंगलबार, साउन १९ २०८३
    45
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । श्रम संस्कृति पार्टीले देशको सुरक्षा, राष्ट्रियता र सरकारको कार्यशैलीप्रति आपत्ति जनाएको छ । प्रतिनिधि सभाको आज मंगलबारको बैठकमा सांसद हर्कराज राईले देशमा नेपाली सेनाबाहेक अन्य कुनै पनि सेनाको अस्तित्व स्वीकार्य नहुने बताए ।

    सांसद राईले पछिल्लो समय विभिन्न नाममा सेना गठन गर्ने र सरकारले उनीहरूसँग वार्ता गर्ने परिपाटीप्रति आपत्ति जनाए । सुनसरी र मधेसका घटनाका सन्दर्भमा चर्चामा आएको हिन्दु सम्राट् सेना प्रति लक्षित गर्दै उनले भने, ‘नेपालमा एउटै मात्र सेना छ, त्यो हो नेपाली सेना। यो ठाउँ–ठाउँमा सेना गठन गर्ने छुट कसले दियो रु यस्ता समूहसँग सरकारले वार्ता गर्नु हुँदैन, बरु उनीहरूलाई निषेध गर्नुपर्छ।’

    सांसद राईले २०८३ साल साउन ५ गते आफू जनकपुर जाँदा एक समूहले निषेध गर्ने कोसिस गरेको र आफ्ना सहयोगीहरूमाथि कुटपिट भएको घटना संसदमा सुनाए ।

    सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति अझै पनि संसदको रेकर्डबाट नहटाइएकोमा असन्तुष्टि व्यक्त गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार