काठमाडौँ । काँग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको तीन दिने पूर्व तयारी तथा प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा उक्त टोलीको औपचारिक घोषणा गरिएको हो। पहिलो चरणमा सम्पन्न यस प्रशिक्षणमा सहभागी ४० जना युवाहरू टोलीमा आबद्ध भएका छन्।
कार्यक्रमको समापन गर्दै प्रतिष्ठान प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्माले तालिमप्राप्त युवाहरूलाई विपदमा परेका नागरिकको जीवन रक्षाका लागि सक्रिय भएर लाग्न आग्रह गरेका छन् । उनका अनुसार नेपाली काँग्रेसले देशभर यस्तै १ हजार जना दक्ष जनशक्ति तयार पार्ने लक्ष्य राखेको छ।
प्रशिक्षण कार्यक्रममा संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय रेडक्रसमा काम गरिसकेका ११ जना विषयगत विपदविज्ञहरूले तालिम दिएका थिए। प्रशिक्षकहरूमा पीताम्बर अर्याल, भोजराज घिमिरे, सुशील पण्डित, तिबेन्द्रराज बाँस्कोटा, रामप्रसाद भट्टराई, सुरेश पण्डित, भूपमणि दाहाल, कल्पना रावल, सौरभी निरौला र लक्ष्मण माली रहेका थिए।
पार्टीले विपद्को जोखिम न्यूनीकरण र तत्काल राहत तथा उद्धारका लागि यो पहल सुरु गरेको पत्रमा उल्लेख छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका रास्वपा सांसदहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेदेखि छलफल जारी छ । समसामयिक...
काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । १० साउन राति प्रहरीले चलाएको...
काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७:३० बजे इमली...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबिच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजना बिच मंगलबार १० बजेर ५०...
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend