काठमाडौँ। बाजुरामा विषालु च्याउको तरकारी पकाएर खाँदा एक पुरुषको मृत्यु भएको छ। उनकी पत्नी गम्भीर घाइते भएकी छन्।
बडिमालिका नगरपालिका – ७ धम्कने निवासी ५१ वर्षीय रामे थापाको विषालु च्याउको तरकारी खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।
उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर बिरामी परेकी छन्।
च्याउको तरकारी खाएपछि सिकिस्त भएका उनीहरूलाई राति १०२० बजे उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याइएको थियो। चिकित्सकले परीक्षण गर्ने क्रममा राति १०:४० बजे रामे थापालाई मृत घोषणा गरेका हुन्।
गम्भीर बिरामी रहेकी नाम्सरी थापाको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान समेत भइरहेको प्रहरीले जनाएको छ
काठमाडौँ । काँग्रेसले विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन रणनीतिक विपद् परिचालन टोली (एसआरटी) गठन गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले...
काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडक खण्डमा स्कुल बस दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्। मंगलबार बिहान करिब ७:३० बजे इमली...
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधान सेनापति अशोकराज सिग्देलबिच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुईजना बिच मंगलबार १० बजेर ५०...
काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना...
काठमाडौँ । जनार्दन शर्मा आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले मधेश केन्द्रित दलसँग सहकार्य गर्ने भएको छ । प्रलोपासहित जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend