काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पहिलो महाधिवेशन चक्रअन्तर्गत सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन तोकिएको प्रक्रिया र मापदण्डअनुसार सम्पन्न गर्न सम्बन्धित निकायलाई परिपत्र जारी गरेको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी परिपत्रमा हालसम्म सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशनलाई पहिलो महाधिवेशन चक्रकै निरन्तर प्रक्रिया मानिएको उल्लेख छ। त्यसअनुसार ती अधिवेशनमा पार्टीको विधान, निर्वाचन कार्यविधि तथा केन्द्रीय निर्वाचन आयोगले यसअघि जारी गरेका निर्णय, निर्देशन र व्याख्या यथावत् लागू हुने जनाइएको छ।
आयोगले निर्वाचन प्रक्रियामा सबै स्थानमा समान अभ्यास, वैधानिकता र निष्पक्षता सुनिश्चित गर्ने उद्देश्यले उक्त निर्देशन जारी गरिएको स्पष्ट पारेको छ।
परिपत्रमा पहिलो महाधिवेशन चक्रका क्रममा कुनै सदस्यले अर्को तहको प्रतिनिधि वा कुनै पदका लागि उम्मेदवारी दर्ता गरेपछि उसले यसअघि कायम रहेको प्रतिनिधिको हैसियत स्वतः समाप्त हुने व्यवस्था दोहोर्याइएको छ। यसका लागि अलग्गै राजीनामा दिनु वा स्वीकृति लिनु नपर्ने उल्लेख गरिएको छ।
त्यस्तै, एउटै महाधिवेशन चक्रमा एक सदस्यले एक तहमा मात्रै प्रतिनिधित्व गर्न पाउने व्यवस्था पनि पुनः स्पष्ट गरिएको छ। एकभन्दा बढी तहमा एकै व्यक्तिको प्रतिनिधित्व कायम नरहने आयोगले जनाएको छ।
रास्वपाको पहिलो महाधिवेशन गत असार ७ देखि १२ गतेसम्म सम्पन्न भएको थियो। महाधिवेशनबाट रवि लामिछाने सभापति र स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित भएका थिए। महिलातर्फको उपसभापतिमा सोबिता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा खुलातर्फ सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल निर्वाचित भएका थिए भने महिलातर्फ सहमहामन्त्रीमा निशा डाँगी चयन भएकी थिइन्। महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको थियो।
महाधिवेशनपछि बसेको केन्द्रीय समितिको बैठकले वरिष्ठ नेतालगायत विधानले व्यवस्था गरेका बाँकी पदमा मनोनयन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। पार्टी विधानअनुसार महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यबाहेकका पदमा सभापतिको सिफारिसमा केन्द्रीय समितिले मनोनयन गर्ने व्यवस्था छ।
यसैबीच, पार्टीले मनोनयन प्रक्रिया अघि बढाइरहेका बेला सम्पन्न हुन बाँकी रहेका संगठनात्मक अधिवेशनलाई पनि छिटो टुंग्याउन निर्वाचन आयोगले परिपत्र जारी गरेको हो। हाल मधेश प्रदेशको प्रदेश अधिवेशन हुन बाँकी रहेको छ भने मधेशका सबै जिल्लासहित अन्य १२ जिल्लामा पनि जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेको पार्टीले जनाएको छ।

काठमाडौँ । जनार्दन शर्मा आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीले मधेश केन्द्रित दलसँग सहकार्य गर्ने भएको छ । प्रलोपासहित जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, आम जनता...
काठमाडौँ । संघीय संसदको अर्थ समितिको बैठकले विचाराधीन विधेयकका विभिन्न आठ वटा दफाहरूमाथि छलफल गरी परिमार्जनसहित पारित गरेको छ । सोमवार बसेको समितिको बैठकमा नेपाल...
काठमाडौँ। युरोपेली मुलुक रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको मृत्य भएको छ। रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। यसबारे रोमानियाका विभिन्न सञ्चारमाध्यमले समाचार...
काठमाडौँ। काठमाडौं सशस्त्र प्रहरी बल ९एपीएफ० को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६।७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ...
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट खसेको कारसहित ३ जना बेपत्ता भएका छन्। खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend